अवैध रूपमा ल्याएको कपडा बरामद

अवैध रूपमा ल्याएको कपडा बरामद
सुन्नुहोस्

धरान : भारतबाट अवैध रूपमा भित्र्याएको १४ लाख मूल्य बराबरको कपडा बरामद भएको छ। 

सशस्त्र प्रहरी बल नेपाल, ४ नम्बर गण सुनसरीले शुक्रबार राति दशगजा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्राइएको ९ लाख १४ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले जानकारी दिए। 

बरामद गरिएको अवैध सामानहरू सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको उनले बताए। सशस्त्र प्रहरीको  बीओपी घुस्कीबाट गएको सप्रनि बिनुप श्रेष्ठको टोलीले पनि ४ लाख १० हजार बराबरको लत्ताकपडा बरामद गरेको छ। 

सशस्त्र प्रहरीले  सुनसरी जिल्लाको कोशी गाउँपालिका-८, तिनकुनेबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५०  हजार बराबरको एक बोरा पटका समेत बरामद गरेको छ। 

उक्त पटका सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट गएको टोलीले नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, पत्रकार र नेपाल प्रहरी समेतको रोहवरमा कार्यलय परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक तुम्बाहाम्फेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.