गैंडा मारेको घटनाको छानबिन सुरु, टोलि घटनास्थलको निरीक्षणमा

गैंडा मारेको घटनाको छानबिन सुरु, टोलि घटनास्थलको निरीक्षणमा
सुन्नुहोस्

चितवन : गैंडा मारिएको घटनाको छानबिनका लागि गठित समितिले छानबिन सुरु गरेको  छ। चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैंडा मारेको घटना छानविन गर्न शुक्रबार गठित समितिले आइतबार बिहानैबाट काम  थालेको हो।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समितिले घटनास्थल पुगेर घटनाको जाँचबुझ सुरु गरेको छ। आइतबार बिहानै चितवन आएको टोलिले सुरुवातमा घटनास्थल निरीक्षण गरेको छ। 'पहिलो चरणमा स्थलगत वस्तुस्थिति हेर्छौं। त्यसपछि सम्बन्धित पदाधिकारीसँग  छलफल गरेर विषयको अपडेट  गर्छौं ,' उनले भने, 'हामीले पाएको अधिकारभित्र रहेर समितिको छलफल गरेर कार्ययोजना बनाएर अघि बढ्छौं।'

ढकालको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयले गठन गरेको समितिमा समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन्।  छानबिन टोलिसँग चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन , निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणका प्रमुख सेनानी विकास अधिकारी पनि घटनास्थल पुगेका छन्।

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउने छ।  गत बिहीबार गैंडा मृतावस्थामा भेटिएका थिए। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै तस्करले छ र १८ वर्ष उमेरका पोथी गैंडा मारेर खाग लगेका थिए।  छ वर्षे गैंडा तीन दिन  र १८ वर्षे गैंडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.