राजधानीमा यस्तो देखियो छठको रौनक (फोटो फिचर)

राजधानीमा यस्तो देखियो छठको रौनक (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : ललितपुरको कुपण्डोलस्थित बागमती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ। नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ।

पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन्। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूजाका लागि साँझ पूजास्थल पुगेका थिए। उनले छठीमाताको दर्शन तथा पूजाअर्चना गरे।

त्यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो स्थानमा छठीमाताको दर्शन तथा पूजाअर्चना गरेको छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले जानकारी दिए। कुपण्डोल पुलबाट पश्चिमतर्फका बागमती नदी किनारमा छठ पूजा गर्दै आइएको सो समितिले जनाएको छ। पूजास्थलमा तीर्थालुको घुइँचो थियो।

पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा छठपर्वको रौनक बढ्दै गएको छ। तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ। छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिन्छ। राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ।

गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ। विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ। 

nullnullnullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.