नारायणी नदी किनारमा छठको मुख्य पूजा (फोटोफिचर)
चितवन : नारायणी नदी किनारमा छठको पूजा गर्ने तथा दर्शन गर्न आउने घुइँचो देखिएको छ। केही वर्ष अघिसम्म तराईमा मात्रै सीमित पर्व अहिले पहाडी समुदायको पनि आस्थाको पर्व बनेको छ।
नारायणी नदी किनारमा आइतबार बिहानैदेखि पूजा गर्ने र हेर्नेको भिड थियो। पछिल्लो समय चितवनमा पहाडी समुदायमा पनि छठको व्रत बस्ने र दर्शनका लागि छठ घाटसम्म पुग्ने गरेका छन्।
आस्था र विश्वासको धरोहरका रूपमा छठपर्व मनाउनेको संख्या बर्सेनि बढिरहेको छ बढेको छ ।