एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
सुन्नुहोस्

विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा एम्बुलेन्सको ठक्करबाट घाइते भएका पैदलयात्रीको सोमबार मृत्यु भएको छ। 

बिरामी बोकेर झापाबाट विराटनगरतर्फ आउँदै गरेको मे १ च १६५६ नम्बरको एम्बुलेन्सले आइतबार राति ९:१५ बजेतिर ठक्कर दिँदा अन्दाजी २५:२६ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। 

उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो ४:२० बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेशबहादुर श्रेष्ठले बताए। उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ।

साथबाट परिचय खुल्ने कुनै कागजात फेला नपरेको र चिनजानका कोहीपनि सम्पर्कमा नआएकाले मृतकको पहिचान खुलाउन नसकिएको श्रेष्ठले बताए। दाहिने आँखा नभएका मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको एम्बुलेन्सले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। अनियन्त्रित बनेको एम्बुलेन्सले लगत्तै प्रदेश १-०३-००१ -प ५३८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा मोटरसाइकल चालक इलामको इलाम नगरपालिका-५ का ३५ वर्षीय दावा शेर्पा घाइते भएका थिए। सामान्य अवस्थाका उनलाई उपचारका लागि पथरी अस्पताल भर्ना गरिएको थियो। दुर्घटनालगत्तै प्रहरीले एम्बुलेन्स चालक इलामको माई नगरपालिका-४ का ५० वर्षीय विष्णुभक्त लिम्बूलाई नियन्त्रणमा लिएको छ। एम्बुलेन्स र मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.