भूकम्प प्रभावितलाई त्रियुगा नगरपालिकाले १० लाख बराबरको सामग्री उपलब्ध गराउने

भूकम्प प्रभावितलाई त्रियुगा नगरपालिकाले १० लाख बराबरको सामग्री उपलब्ध गराउने
सुन्नुहोस्

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। 

नगरपालिकाको विपद्कोष र विभिन्न संघसंस्थाको सहयोगमा संकलित १० लाख बराबरको खाद्यान्न, औषधि लत्ताकपडा लगायतका सामग्री लिएर मेयर वसन्तकुमार बस्नेतको नेतृत्वको टोली मंगलबार जाजरकोट प्रस्थान गरेको छ।

नगरपालिकाले ३ लाख ८३ हजार ५ सयको ५ हजार ९ सय किलो चामल, २६ हजार ४४२ रुपैयाँको ७८ थान म्याट, ९८ हजार ९६५ रुपैयाँको २९० थान न्यानो कपडा, १ लाख १ हजार ६ सयको २ सय थान ब्लान्केट उपलब्ध गराएको मेयर बस्नेतले बताए। 

त्यसैगरी १ लाख ६ हजारको ९४ थान सानो र ठूलो त्रिपाल, ५४ हजारको १ हजार २ सय थान सेनिटरी प्याड, १ लाख १५ हजारको विभिन्न प्रकारका औषधि सहितका राहत सामग्री सहयोग गरिएको उनले बताए।

राहत सामग्रीका लागि त्रियुगा त्रियुगा उद्योग वाणिज्य संघले १ लाख तथा त्रियुगा मेडिकल र नगर स्वास्थ्य शाखाबाट औषधि सहयोग भएको बस्नेतले बताए। 

नगरपालिकाले भूकम्प प्रभावित जाजरकोटका लागि राहतका लागि आह्वान गरेसँगै पिसजोन स्कुल गाईघाटले ५७ थान नर्मल ट्याक सुट, ओरेक नेपालले १२ हजार मूल्यको बच्चाका लागि न्यानो कपडा, गर्भवती महिलाका लागि म्याक्सी उपलब्ध गराएको थियो।

विपतिमा थोरै भएपनि मलमपट्टी लगाउन प्रभावित क्षेत्रमा आफ्नै नेतृत्वमा टोली प्रस्थान गरेको मेयर बस्नेतले बताए। उनले प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरी वितरण गरिने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.