कर्णालीले हरेक खेलाडीलाई ५ हजार भत्ता दिने

कर्णालीले हरेक खेलाडीलाई ५ हजार भत्ता दिने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरूले मासिक ५ हजार भत्ता पाउने भएका छन्। 

सोमबार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषदको १५ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए। 

उनका अनुसार प्रतियोगितामा कर्णालीले दुई अंकको लक्ष्य अर्थात ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको छ। २०८१ सालको मंसिर हुने प्रतियोगिता आयोजक प्रदेशका रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाएको छ। 

बागमती प्रदेशले १५ फागुनबाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई नै १०औं राष्ट्रिय खेलुकद प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषदले तयारी थालेको छ। 

यो भन्दा अघिको खेलको नतिजाको आधारमा हामीले कर्णालीमा मेडल सम्भावित खेलहरूको वर्गीकरण  गरिसकेका थियौं। सदस्य सचिव संज्यालले भने, 'सोमबार बसेको १५ औं बोर्ड बैठकले त्यसलाई झन मूर्त रूप दियो। अब त्यसमा केही सामान्य रूपमा हेरफेर हुन पनि सक्छ। प्रदेश खेलकुद परिषदले  खेलाडीहरूलाई मासिक ५ हजार भत्ता दिने निर्णयले खेलाडीहरूमा समेत उत्साह छाएको छ।' 

राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना हुने भएको छ। परिषदको १५औं बोर्ड बैठकले क्रिकेट खेलको दीर्घकालीन योजनाका रूपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ्ग सेन्टरको स्थापना गर्ने दीर्घकालीन योजना पास गरेको छ। प्रदेश राजधानी सहर वीरेन्द्रनगरमा भने कालिन्चोक स्थित क्रिकेट मैदान र निर्माणाधीन प्रदेश रंगशालाको उत्तरपट्टिको भागमा क्रिकेट रंगशाला निर्माण थालेको छ। 

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री एवं परिषदका अध्यक्ष खड्गबहादुर पोखरेलले कर्णाली प्रदेश सरकारले  प्रतियोगिता तयारीका लागि कुनै कुराको अभाव हुन नदिने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.