भरतपुरकी मेयर दाहाललाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता पक्राउ

भरतपुरकी मेयर दाहाललाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता पक्राउ
सुन्नुहोस्

चितवन : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको तस्बिर तोडमोड गरी सामाजिक सञ्जालमा बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। रत्ननगर नगरपालिकाका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटालाई उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

मेयर दाहाल र सन्तोष देउजाको तस्बिर इडिट गरी शर्माले सामाजिक सञ्जालमा अपलोड गरेका थिए भने उक्त तस्बिरलाई देवकोटाले शेयर गरेका थिए।

पण्डितका अनुसार दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.