पूर्वाञ्चल विश्वविद्यालयमा डा. श्रेष्ठद्वारा डिनको पदभार ग्रहण

पूर्वाञ्चल विश्वविद्यालयमा डा. श्रेष्ठद्वारा डिनको पदभार ग्रहण

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको डिन नियुक्त भएका सहप्राध्यापक डा. सन्देशदास श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। 

उनी गत शुक्रबार विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त भएका थिए। पदभार ग्रहण गर्दै डा. श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयको शाखलाई बढाउने प्रतिबद्धता जनाएका छन्। विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समयसापेक्ष पाठ्यक्रमको विकास गरिने उनको भनाइ छ। 

डा. श्रेष्ठलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पद तथा गोपनीयताको शपथ गराएका छन्। श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औं डिन हुन्। उनको कार्यकाल ४ वर्षको हुने छ। 

उनले विक्रम संवत २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएका छन्। डा. श्रेष्ठले ‘मार्केटिङ स्ट्रेटेजी प्लानिङ’मा विद्यावारिधि गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.