सुनसरीमा सहकारीको ५ लाख चोरी, एक जना पक्राउ

सुनसरीमा सहकारीको ५ लाख चोरी, एक जना पक्राउ

विराटनगर : सुनसरीको गढी गाउँपालिका–३ मा रहेको एउटा सहकारीबाट मंगलबार राति ५ लाख रूपैयाँ चोरी भएको छ। श्री साना किसान कृषि सहकारी संस्थामा प्रवेश गरेर अज्ञात समूहले राति ११:३० बजेतिर चोरी गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। 

उनका अनुसार गेटको ताला फोडेर सहकारीभित्र प्रवेश गरी रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरीमा संलग्नले सहकारीको लकर नै फोडेर रकम चोरेको प्रहरीको भनाइ छ। 

रकमबाहेक अरु केही चोरी नभएको सहकारीका अध्यक्ष अध्यक्ष देवनारायण मण्डलले बताए। उनका अनुसार कागजात भने यत्रतत्र छरिएको अवस्थामा फेला परेका थिए। सहकारीका लेखापाल दिपम साहले अध्यक्ष मण्डललाई पहिलोपटक घटनाको जानकारी गराएका हुन्। बिहान ७:३० बजेतिर सहकारीमा पुग्दा चोरी भएको आफूले देखेको भनेर साहले घटनाको जानकारी गराएका थिए। लगत्तै सहकारीका अध्यक्ष मण्डलले प्रहरीलाई खबर गरे। 

सहकारीमा रहेको सीसी क्यामेरा फुटेजमा लकर फुटाएर रकम चोरी गरेको प्रष्टसँग देखिने प्रहरी स्रोतले बतायो। ‘मास्क लगाएर र सेतो कपडाले शरीर ढाकेर आएका ४ जना व्यक्तिले लकर फुटाएर सहकारीको रकम चोरी गरेको देखिन्छ। सुरुमा उनीहरु गेटको ताला फोडेर भित्र छिरेको फुटेजमा देख्न सकिन्छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘त्यसपछि कार्यालयको ताला फोडेर लकर भए ठाउँमा पुगेर तोडफोड गर्दै रकम निकालेको देखिन्छ। घटनाको प्रकृति हेर्दा सरकारीका बारेमा राम्ररी जानकार व्यक्ति नै प्रवेश गरेर चोरी गरेजस्तो देखिन्छ।’ 

एसपी रेग्मीका अनुसार घटनामा संलग्न भएको आशंकामा बुधबार साँझ एक जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन। ‘सीसी क्यामेरा फुटेज हेरेर शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.