विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद

विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद
विराटनगरबाट प्रहरीले बरामद गरेको लागूऔषध गाँजा।
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट बिहीबार बिहान ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा १ सय ९६ किलोग्राम गाँजा प्रहरीले बिहान ३ बजेतिर बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार प्लाष्टिकको झोलामा पोको पारी खेतमा परालभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो। विशेष सुराकीका आधारमा प्रहरीले गाँजा बरामद गरे पनि यसको ओसारपसार र भण्डारणमा संलग्न भने फेला परेनन्। गाँजा कसले ल्याएको हो भन्ने खुल्न बाँकी रहेको डीएसपी दाहालले बताए। 

उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर राखिएको छ। रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएर गाँजाको कारोबार एवं ओसारपसारमा संलग्नको खोजी तीव्र पारेको जानकारी दाहालले दिए। 

अवैध धन्दामा संलग्नले भारत कटाउनका लागि खेतमा भण्डारण गरेर गाँजा राखेको हुनसक्ने प्रहरीको अनुमान छ। धनकुटा, भोजपुरलगायतका पहाडी जिल्लामा उत्पादन हुने लागूऔषध गाँजा सुरक्षाकर्मीलाई छलेर अवैध हिसाबले भण्डारण गर्दै भारततर्फ कटाउने गरिएको छ। 

माग र मूल्य उच्च रहेका कारण तस्करीमा संलग्नले गाँजा भारततर्फ लैजाने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.