पसलमा आगलागी हुँदा १५ लाखको क्षति

पसलमा आगलागी हुँदा १५ लाखको क्षति
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारी नगरपालिका–५ कसेनी बजारमा पसल सञ्चालन गरिएको एउटा घरमा बिहीबार आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ। 

विद्या भगतको २ तले टाँडे घरमा बिहान १०:१५ बजेतिर अचानक आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भगतको घरमा भाँडा, किराना र सनपाटको पसल थियो। स्थानीय, प्रहरी र विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा लगभग डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार आगोले घरसहित घरमा सञ्चालित पसलमा रहेका सामानहरू जलेका छन्। घटनामा मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ। 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.