केपी ओली कप टी–२० क्रिकेट : बागमतीको विजयी सुरुवात

केपी ओली कप टी–२० क्रिकेट : बागमतीको विजयी सुरुवात

पोखरा : केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले जित निकाल्दै विजयी सुरुवात गरेको छ। पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतियोगितामा बामगतीले मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई १०९ रनले पराजित गरेको हो। 

टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १८४ रन बनाउँदै १८५ रनको लक्ष्य दिएको थियो। बागमतीका रित गौतमले ७४ रनको योगदान दिएका थिए। ५३ बलमा ८ चौका र ३ छक्का उनले हानेको थिए । बलिङतर्फ मदन भण्डारीका बिप्रसन केसीले ३ विकेट लिए। 

मदन भण्डारी स्पोटर्स एकेडेमीको अयोजनामा भएको खेलमा आयोजक मदन भण्डारी रातो १४.२ ओभरमा ७५ रनमा समेटिएको थियो। मदन भण्डारी स्पोटर्स एकेडेमीका अमर मिश्र र विजय प्रजापतिले १३–१३ रनको योगदान दिए।

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। सुवास खशीले ३ विकेट र प्रतिश जिशीले २ विकेट लिएका थिए। प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माले गरेका थिए। 

nullपोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट  प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीलगायत । तस्बिर : रासस

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ गरी १२ टीमको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.