निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने २६६ जना प्रहरी नियन्त्रणमा

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने २६६ जना प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रदर्शनको बहानामा गैरकानुनी हर्कत गर्न नपाइने बताएका छन्। उनले कानुनको परिधिभित्र बसेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने बताउँदै सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा भेला हुन र प्रदर्शन गर्न नपाइने बताए। 

दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भनेर मानिसहरू भेला भएका थिए। बिहीबार बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार शुक्रबारको प्रदर्शन रोक्ने प्रयासमा थियो। आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन दिइएको थिएन। उनको घर रहेको ठाउँमा दिनभर प्रहरीले निगरानी गरेको थियो। 

प्रशासनको अनुमति नलिइकन शुक्रबार तीनकुनेमा जम्मा भएका कार्यकर्तालाई प्रहरीले तितरबितर पारेको थियो। उक्त स्थानमा जम्मा हुन नै दिइएन। जबरजस्ती गर्ने र निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने २ सय ६६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले शुक्रबार दिनभरमा गैरकानुनी हर्कत गर्न खोज्ने तथा अनुमतिबिना नाराजुलुस गर्न खोज्ने २ सय ६६ जनालाई नियन्त्रणमा लिएको बताए। उनी भन्छन्, ‘कुनै पनि प्रदर्शन होस् या आन्दोलन गरेर भेला हुनको लागि प्रशासन कार्यालयको अनुमति चाहिन्छ।’ 

शुक्रबार दिनभर तीनकुने क्षेत्र तथा समग्र राजधानीको सुरक्षा अवस्थामा कडाइ गरिएको थियो। मानिस भेला हुनलाई रोक लगाइएको थियो। सवारीसाधनको चेकजाँचमा कडाइ गरिएको थियो। खाजा खान भेला भएर गफ गर्ने व्यक्तिहरूसमेत प्रहरीको नजरमा परेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.