राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता जलेश्वरमा, आज केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ। आजदेखि तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बस्ने बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागी हुने रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन , सासंदहरूको र संसदीय कार्यको समिक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल र निर्णय हुने छन्।
अन्य प्रदेशको तुलनामा मधेशमा संगठन कमजोर देखिएकाले राष्ट्रिय स्वतन्त्र पार्टी संगठन निर्माणमा लागेको छ।