गन्तव्य नरपानी

गन्तव्य नरपानी
सुन्नुहोस्

अर्घाखाँची : नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट धेरै पर्यटक आउने गर्छन्। पछिल्लो समय यहाँ भारतबाट आउने पर्यटकको संख्या पनि वृद्धि भएको छ। 

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलको रूपमा विकसित हुँदै गएको छ। आजभोलि पनि यस क्षेत्रमा चिसो खान कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक रूपमा हजारौं मानिस आउने गरेका छन्। गएको वर्षदेखि दैनिक रूपमा १० देखि ५० वटा ग्रुप आउने गर्छन्। 

शनिबारको दिन यहाँ झन्डै ५० देखि एक सय ग्रुप आउने गरेको वडाध्यक्ष श्रीधर महत्राले बताए। महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा आउन सकिन्छ। गोरुसिंगे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढी आउने गरेका छन्। 

null

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठीहरू लिएर नरपानीमा वनभोज जस्तै गरी खाने गर्छन्। यहाँ वरिपरि हरियाली डाँडा छ। बीचमा समथर भूभाग पनि छ। भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ। सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। 

कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहदामा पुगेका व्यक्तिसमेतले दर्शन गर्छन्। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलार्ई भाकल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ। 

null

विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजा आजा गर्ने गरेकोमा अहिले आएर दैनिक पाँच सयदेखि तीन हजार जनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए। 

null

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन्। भारतको उत्तर प्रदेश, बिहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउँछन्। यो नेपालकै प्रसिद्ध मन्दिर बन्दैछ। सन्धिखर्क गोरुसिंगे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.