रुपन्देही पुगेर देउवाले भने- बालकृष्ण खाँणले न्याय पाउँछन्
![रुपन्देही पुगेर देउवाले भने- बालकृष्ण खाँणले न्याय पाउँछन्](https://annapurnapost.prixacdn.net/media/albums/deuba_xO22FMTLrj_8U8mV5r3iU.jpg)
भैरहवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउने बताएका छन्।
मंगलबार रुपन्देही कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने भन्दै उनले भने, 'बालकृष्ण खाँणले न्याय पाउनुहुनेछ। वकिल साथीहरू लागिरहनुभएको छ। मलाई विश्वास छ।'
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्ने बताए। 'विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयहरू कुनै पनि खोलिएका रहेनछन्,' उनले भने, 'काठमाडौं गएर विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालालाई बोलाएर कुरा गर्छु।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)