एमाले अध्यक्ष ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्ने

एमाले अध्यक्ष ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्ने
सुन्नुहोस्

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थलमा स्थलगत अवलोकन गर्ने भएका छन्। 

अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ अन्वेषणस्थल जलजलेमा अवलोकन तथा सार्वजनिक भेटघाट गर्ने भएका हुन्। एमालेले चलाएको झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तरगर्त अध्यक्ष ओलीले भैरबी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको अवस्थाबारे अवलोकन र स्थानीयसँग भेटघाटको कार्यक्रम तय गरिएको छ। 

उनले भोलि दिउँस साढे २ बजे पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्नेछन्। त्यसलगत्तै दैलेखको पञ्चकोशी तीर्थस्थलअन्तरर्गत सदियौंदेखि ज्वाला बलिरहेको श्रीस्थान र नाविस्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको एमाले दैलेखका कार्यबाहक अध्यक्ष प्रेमबहादुर बुढाले बताए। उनका अनुसार ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने नारायण नगरपालिका-२ जाहारकोटस्थित कृतिदेवल सहकारी भवनमा तरबार नाच र मारुनी नाचको अवलोकन र भेटघाटको कार्यक्रम तय भएको छ। 

त्यसअघि ओली दैलेखको राकमकर्णालीमा आयोजित बृहत् आमसभामा सहभागी हुनेछन्। ‘राकमकर्णालीमा आमसभापछि मध्यपहाडी राजमार्ग अन्र्तगत जम्बुकाँध बजार र चगत्रा बजारमा सार्वजनिक भेटघाटसकेर पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकनपछि दैलेख सदरमुकाम पुग्नुहुनेछ,’ एमाले दैलेखका कार्यबाहक अध्यक्ष बुढाले भने। 

मंसिर १८ गते विहान दैलेख सदरमुकामको देवकोटा चोकमा आम नागरिकहरुसँग सार्वजनिक भेटघाटको कार्यतालिका रहेको छ। ‘अध्यक्ष ओलीले डुंगेश्वर गाउँपालिकामा पर्ने चुप्रा बजार, माथिल्लो डुंगेश्वर बजार, गुराँस गाउँपालिकामा पर्ने तालपोखरी बजार र गुराँसेमा सार्वजनिक भेटघाटको कार्यक्रम तय भएको छ,’ कार्यबाहक अध्यक्ष बुढाले भने। ओलीको यात्राका क्रममा जिल्लास्थित सुरक्षा निकायहरुले सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बुढाले बताए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दैलेखको गुराँस गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताए। गाउँपालिकाले पूर्वप्रधानमन्त्रीबाट कार्यालयको नवनिर्मित भवन उद्घाटन हुने कार्यक्रममा सहभागी हुन सार्वननिक आह्वानसमेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.