प्लास्टिकजन्य सामग्री विस्थापित गर्न ‘डोको अभियान’

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न ‘डोको अभियान’
डोको अभियानमा जोडिएका, र डोको मान्छे बनेर सडकमा निस्किएका युवा। हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : दैलेखमा सदिऔँदेखि वर्षेमेला सञ्चालन हुँदै आएको छ। मेलाको धार्मिक र सांस्कृतिक पहिचान छ। गत भदौमा लागेको यो मेलामा फरक दृष्य देख्न सकिन्थ्यो। सडकमा ‘डोको मान्छे’ देखिन्थे। बाँस र निगालोको चोयाँबाट बनेको टोपी, कोट र हाफ पाइन्टमा सजिएका युवाहरू हुन्, डोको मान्छे। ती युवाहरूले प्लास्टिकजन्य सामग्रीको प्रयोगलार्र्ई कम गर्ने सन्देश छोडेका छन्। 

दैलेखका युवाहरूले थालेको ‘डोको अभियान’ अन्तर्गत युवाहरूले वातावरणमैत्री नीति निर्माणका लागि मेयरसँग डोको मान्छे कार्यक्रम चलाए। अभियानको नेतृत्व गरेको पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीका अनुसार नारायण नगरका मेयरसँग डोको मान्छे कार्यक्रम चलेको हो। नगरमा वातावरण संरक्षण नीति निर्माणमा अभियानले प्राविधिक सहयोग गरिरहेको अध्यक्ष गिरीको भनाइ छ। 

यो अभियानले जिल्लाका स्थानीय तह, विद्यालयदेखि चार्डपर्व र मेलामा विभिन्न कार्यक्रम गरिरहेको छ। ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलार्र्ई विस्थापित गर्दै चोयाबाट निर्मित डोको, टोकरी, नाग्लो प्रयोग गरि जोगाउन र स्थानीय उत्पादनलार्र्ई प्रबद्र्धन गर्न अभियान चलेको अध्यक्ष गिरी बताउँछन्। 

‘प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, प्लास्टिकका सामान प्रयोग गर्दा मात्र नभइ नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदुषणले वातावण र मानव स्वास्थ्यमा असर पु¥याउने हुँदा वातावरणमैत्री र लोप हुन लागेका परम्परागत सामग्री प्रयोगलाई प्रबर्द्धन गर्न खोजेका हौं,’ गिरीले भने। 

सहर बजारसँगै ग्रामीण क्षेत्रमा पनि प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले जलवायु परिवर्तनमा प्रभाव पारिरहेको अभियानको ठहर छ। अभियानले जिल्लाको नारायण नगरपालिकाका विभिन्न विद्यालयमा इको क्लब गठन गरेको छ। यहाँँँका चार विद्यालयहरू त्रिभुवन मावी, सरस्वती मावी, बसन्त मावी र महेन्द्र मावीमा अध्ययनरत विद्यार्थी सम्मिलित क्लव गठन गरेको छ। इको क्लवमार्फत हरित विद्यालयको अवधारणा अनुसार क्रियाकलाप सञ्चालन गरिएको छ। 

‘क्लवमार्फत विद्यालयमा पलास्टिकजन्य सामग्री प्रयोगलार्र्ई निरुत्साहित गर्ने, बगैँचा निर्माण, हरियाली प्रवर्द्धन, करेसाबारी र विद्यालय हाताभित्र गमलामा फूल खेतीलगायतका कामहरू भइरहेका छन्,’ गिरीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.