मुस्ताङमा  हिमपात : कृषक र पर्यटन व्यवसायी उत्साहित

मुस्ताङमा  हिमपात : कृषक र पर्यटन व्यवसायी उत्साहित
मुस्ताङमा भएको हिमपात । तस्बिर : सुन्दरकुमार थकाली

जोमसोम : मुस्ताङका ५ वटै स्थानीय तहमा सोमबार बिहानैदेखि हिमपात भइरहेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको छ । तल्लो मुस्ताङको घरपझोङ  र थासाङ गाउँपालिकामा हलुका वर्षासंगै आशिंक हिमपात भइरहेको छ ।

मुस्ताङको  मौसम धुमिल छ । धुमिल मौसमसँगै मुस्ताङमा यसवर्ष अनुकूल मौसममा हिमपात भएको हो । चालु वर्षको कार्तिक मसान्तमा उपल्लो मुस्ताङमा आशिंक हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हलुका वर्षा भएको थियो ।

मौसममा जलवायु परिवर्तनको असरका कारण मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको छ । कुनै वर्ष भारी मात्रामा हिमपात हुनु,कुनै आशिंक हिमपात हुनु र कुनै वर्ष अनुकूल मौसममा पनि हिमपात नहुँदा जलवायु परिवर्तका इफेक्ट हुन् । गत वर्ष अनुकूल मौसममा नपरेको हिउँ वैशाख महिनाको दोस्रो सातामा बेमौसमे आशिंक हिमपात भएको थियो । अनुकूल मौसममा हिमपात नहुँदा मुस्ताङमा स्याउलगायतका अन्नबालीका साथै पर्यटन क्षेत्रमा समेत असर पुगेको थियो ।

null

यसवर्ष हिउँदयामको सुरुवाती  चरणमै हिमपात भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले उत्तरी कोरलानाकादेखि उपल्लो मुस्ताङका दुई गाउँपालिकामा भारी हिमपात भएको बताए । हिमपात भएसँगै उपल्लो मुस्ताङका डाडाँकाढाँ,खर्क र गाउँ बस्ती समेत हिउँले पुरै सेताम्मे भएको जानकारी दिए ।‘ गतवर्ष हिउँ पर्ने समयमा समेत  हिउँ पर्न सकेन,यसवर्ष सुरुवाती समयमै हिमपात हुन थालेको छ ,अध्यक्ष बिष्टले भने,‘ यो यहाँका कृषक तथा पर्यटन व्यवसायीका लागि सकारत्मक सन्देश हो, अनुकुल मौसममा परेको हिउँले कृषक र पर्यटन व्यवसायी दुबैको हितमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।’

अनुकूल मौसममा हिउँ परेपछि मुस्ताङका किसान निकै उत्साहित भएका छन् । हिउँदयामको अनुकुल मौसममा परेको हिउँ कृषकका लागि बरदान मानिन्छ । अनुकुल मौसममा परेको हिमपातले कृषकको खेतीयोग्य जमिनलाई सिञ्चित गर्नुको अलावा अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमण नियन्त्रण गर्न योगदान पू¥याउने भएकाले किसानका लागि सिजनमा परेको हिउँ बरदान सावित हुने लोमान्थाङ—३ ठिङ्गर स्थित ठेकार कृषक समूहका अध्यक्ष कर्मा सम्टुक गुरुङले जानकारी दिए । 

उनका अनुसार यो समयमा कृषकहरुले खेतबारीमा उवा,जौ, आलुलगायत स्याउ बगैचा व्यवस्थापन गर्ने उचित समयमा हिमपात भएकाले यहाँका किसानलाई निकै उत्साहित तुल्याएको छ । हिउँले खेती योग्य जमिनको भित्री तहसम्म चिस्यान भर्ने र जमिनको सतहलाई रिचार्ज गर्ने भएकाले हिउँ परेपछि अन्नबाली सप्रिने ठेकार कृषक समुहका अध्यक्ष गुरुङको भनाइ छ ।

null

मुस्ताङमा चालु वर्षको अनुकुल मौसमको उपयुक्त समयमा हिमपातको लक्षण देखिएकाले यहाँका कृषकलाई निकै फाइदा पुग्ने शीतोष्ण बागवानी विकास मार्फाका अधिकृत पद्मनाथ आत्रेयको भनाइ छ । गत वर्ष हिमपात नहुँदा मुस्ताङको मुख्यबाली  स्याउको उत्पादन घटेको र स्याउ लगायतका अन्नबालीमा विभिन्न रोग संक्रमणहरु देखा परेको उनले उल्लेख गरे । हिउँ सिचाईको अद्भुत स्रोत भएको उल्लेख गर्दै हिउँले अन्नबालीमा लाग्ने रोग नियन्त्रण गर्न किटनासक औषधिको रुपमा काम गर्ने वागवानी विकास अधिकृत आत्रेयले जनाए । 

यसवर्षको हिमपातले पर्यटन व्यवसायले समेत ठूलो टेवा पुर्‍याउने मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले जानकारी दिए । उनले हिमपात केही दिन निरन्तर परेमा हिउँ हेर्न र हिउँ खेल्न आउने पर्यटक वृद्धि हुने दावी गरे । ‘गत वर्ष हिमपात नहुँदा मुक्तिनाथ रानीपौवामा आयोजना हुँने राष्ट्रिय स्की प्रतियोगिता हुन सकेन,हिउँ खेल्ने पर्यटकमा पनि आउन सकेनन्,प्रोपाईटर गुरुङले भने, ‘ यसवर्ष हिमपातको भएको र यो केहीदिन कायम रहेमा राष्ट्रिय स्की प्रतियोगिता गर्न समेत सकिन्छ,स्कीका लागि पर्याप्त हिउँ मौज्याद रहे नेपाल स्की संघलाई प्रतियोगिता संञ्चालन गर्न खबर गछौं ।’

चालु वर्षको सुरुवाती चरणमै दुई फिट बढी हिउँ परेसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्जव चापागाईले जानकारी दिए । हिउँ परेसँगै खानेपानीका धारा,सिंचाई कुलो र घरका शौचालयका सेफ्टी ट्याङ्की जमेर बरफ बनेको उनले बताए । हिउँ परेसंगै घरका छत माथि बग्रेल्ती हिउँ जमेको र स्थानीय सर्वसाधारण चिसोले बाहिर निस्कन समेत अप्ठ्यारो परेको लेखा अधिकृत चापागाईले जनाए ।

उपल्लो मुस्ताङका दुई गाउँ पालिलाका स्थानीय बर्सेनि हिमपात र चिसो छल्न बेसी झर्ने गर्छन । यसवर्ष पनि करिव आधाजसो उपल्लो मुस्ताङी चिसो छल्न बेसी झरिसकेका छन् । गाउँमा रहेका कतिपय उपल्लो मुस्ताङी पनि चिसो छल्न तयारीमा छन् । विगतका वर्षमा मंसिर अगावै गाउँ छोडेर बेसी झर्ने उपल्लो मुस्ताङीहरु यसवर्ष नाका खुलेपछि ब्यापार र घरायसी प्रयोजनका लागि मालसामान खरिद गर्न सीमित अझै गावैमा छन् ।

गतवर्ष मुस्ताङमा उवा फापर,जौ ,गहुँलगायत स्याउ बगैचा व्यवस्थापन गर्ने समयमा हिउँ पर्न सकेन । योवर्ष स्याउको अनाधिकृत हागाँबिगाँ काँटछाँट ,गोडमेल,खेतबारी खनजोत र विषादी छर्ने समयमा हिमपात हुँदा स्थानीय किसानमा आशाको सञ्चार पलाएको हो । हिमपातले मुस्ताङका डाँडाकाँडा चाँदी झै सेताम्मे बनेका छन् । हिमपात भएसँगै पर्यटक,बालबालिका,कर्मचारी र स्थानीयबासी हिउँ खेल्ने र तस्बिर खिच्न लालायित बनेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.