एनसेल प्रकरणबारे गठबन्धन दलसँग प्रधानमन्त्रीको छलफल

एनसेल प्रकरणबारे गठबन्धन दलसँग प्रधानमन्त्रीको छलफल
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद बिक्रीमा भएको अनियमितताबारे सरकारमा सहभागी दलहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री दाहालले गठबन्धनमा आबद्ध दलका शीर्ष नेता, अर्थमन्त्री, सञ्चारमन्त्री र विभिन्न विभागीय कर्मचारीसँग छलफल गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडा, सञ्चारमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी छन्।

प्रधानमन्त्री दाहालले एनसेल खरिद बिक्रीमा राजस्व छली गरेको हुनसक्ने भन्दै यसअघि नै छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। 

nullnullnull 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.