ललितपुरको अर्को बराबरी

ललितपुरको अर्को बराबरी
सुन्नुहोस्

काठमाडौं : ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा फेरि अर्को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ललितपुरले वीरगन्ज युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको हो। एनएसएलको दोस्रो संस्करणमा ललितपुरले खेलेको यो तेस्रो बराबरी हो।

पहिलो खेलमा बुटवल लुम्बिनीलाई २–० गोलले पराजित गरेको ललितपुरले पोखरा थन्डर्स र धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। चार खेल खेलेको ललितपुर एक जित र तीन बराबरीको नतिजासहित ६ अंकका साथ लिगको दोस्रो स्थानमा छ।  चौथो खेलसम्म अपराजित ललितपुरसँग बहादुरी प्रदर्शन गर्दै बराबरीको नतिजा निकालेको वीरगन्जले लिगमा पहिलो अंक जोडेको छ। अहिलेसम्म तीन खेल सकाएको नवप्रवेशी वीरगन्जले एक बराबरी र दुई हारको नतिजासहित एक अंकका साथ लिगको पुछारमा छ। 

मंगलबारको खेलमा वीरगन्जले सुरुवाती अग्रता बनाए पनि ललितपुरले लगातार दबाब सिर्जना गर्दा पहिलो हाफमा २–१ को अग्रता बनाउन सफल भएको थियो। खेलको १०औं मिनेटमा विलियम ओपोकु असिदेउको गोलमा अग्रता बनाएको थियो। ओबेड ओसुवुको पासलाई निरन्तरमा लिँदै उनले गोल गरेका थिए। त्यसको चार मिनेटपछि नै ललितपुरले बराबरी गरेको थियो। सेसेहाङ आङदेम्बेले दिएको लामो पासमा इमोन इजेकायलले वान भर्सेस वानमा गोल गरेका थिए। २७औं मिनेटमा ललितपुरले अग्रता बनाएको थियो। निखिल सुरेश राव कदमको प्रहारले सिधै जाली चुमेको थियो। वीरगन्जले ५२औं मिनेटमा खेल बराबरी गरेको थियो। दोस्रो हाफमा मैदान प्रवेश गरेका कृपाकान्त महतो थारुले गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत बुधबार स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच खेल हुनेछ। एनएसएसको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी, वीरगन्ज युनाइटेड, बुटवल लुम्बिनी, धनगढी, चितवन, झापा, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसीले स्पर्धा गरिरहेका छन्। पुस १४ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेतालाई ७० लाखदेखि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.