नेपाल प्रिमियर लिगमा ८ टिम सहभागी हुने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा ८ टिम सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघले एनपीएलमा ८ टिम सहभागी गरराउने निर्णय गरेको छ।
बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले एनपीएलमा ८ फ्रेन्चाइज टिम सहभागी गराउने निर्णय गरेको प्रवक्ता छिम्बु लामाले बताए।
क्यानले यसअघि नै नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म एनपीएल गर्ने निर्णय गरेको थियो। एनपीएल काठमाडौंमा हुने क्यानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !