अग्रता जोगाउन नसक्दा बोस्निया एन्ड हर्जगोभिनाले क्यानडासँग अंक बाड्यो
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह बीको पहिलो खेलमा अग्रता जोगाउन नसक्दा बोस्निया एन्ड हर्जगोभिनाले घरेलु टोली क्यानडासँग अंक बाँडेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाले १–१ बराबरी खेलेका हुन्।
खेलको २१ औं मिनेटमा कर्नरमा आएको बललाई जोभो लुकिचले हेडरमार्फत गोल गरे। खेलको पहिलो हाफमा क्यानडाले धेरै बल पोजिसन राखे पनि अवसरको सदुपयोग भने बोस्निया एन्ड हर्जगोभिनाले गर्यो। पहिलो हाफमा क्यानडाले बल पोजिसन र मौका धेरै पायो तर सदुपयोग भने गर्न सकेन।
खेलको ४७ औं मिनेटमा निकै राम्रो फुटवर्कसहित क्यानडीयन खेलाडीले प्रहार गर्यो । खेलको ५२ औं मिनेटमा क्यानडाको प्रहार बोस्निया एन्ड हर्जगोभिनाका गोलकिपरको हातमा पर्यो।
खेलको ५३ औं र ५४ औं मिनेटमा दुवै टोलीले मौकाको सदुपयोग गर्न सकेनन्। खेलको ६१ औं मिनेटमा क्यानडाले ३ परिवर्तन गर्यो । त्यस्तै बोस्निया एन्ड हर्जगोभिनाले पनि २ खेलाडी परिवर्तन गर्यो।
क्यानडाले मौकाहरु निकै सिर्जन गरे पनि फिनिसिङमा भने चुकिरह्यो। त्यसैको फलस्वरुप क्यानडाले अट्याकिङ एरियाका खेलाडी परिवर्तन गरेको थियो।
खेलको ६६ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाले निकै राम्रो डिफेन्स देखाए। खेलको ७९ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो। २ डिफेन्डरको बिचमा रहेका कायल लरिनले उत्कृष्ट टर्न लिँदै गोल गरे। प्रतिस्थापित खेलाडीको रुपमा मैदानमा आएका उनले क्यानडालाई खेलमा फर्काएका थिए।
त्यसपछि पनि क्यानडाले निकै मौकाहरु बनाएको थियो। निर्धारित ९० मिनेटमा थप गरिएको ६ मिनेटको पाँचौं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाले क्यानडाका कायललाई रोक्दै खेल बराबरीमा सकेका हुन्। आजको दोस्रो खेल अमेरिका र पराग्वेबिच नेपाली समयानुसार ६:४५ मा हुनेछ।
प्रतिक्रिया दिनुहोस !