नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १५८ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
 
उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ चौका प्रहार गरे। 

उनले छैटौं विकेटको लागि गुल्सन झासँग ४८ रनको साझेदारी बनाउँदै नेपालको मध्यक्रम केही बेर सम्हालेका थिए। ओपनर आसिफ शेखले १४ रन, दिपेन्द्र सिंह ऐरीले २१, गुल्सन झाले २९ रन बनाए। सोमपाल कामीले १० रन बनाउँदा करण केसी १३ रनमा अविजित रहे। 

नेदरल्यान्ड्सका लागि एलेक्स रोय र रोइलोफ मेरवीले समान ३–३ विकेट लिए। लोगन भान विकले २ र काइल क्लेइनले १ विकेट लिए। नेपालले जारी श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.