काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल काजकिस्तानसँग पराजित
काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ ले पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो २ सेट पराजित भएपछि पछिल्लो २ सेटमा कमब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्बाएको थियो। नेपाल काजकिस्तानसँग २५–१९, २५–२१, ३२–३४, २५–१९ र १५–९ ले पराजित भएको हो ।
नेपालविरुद्ध पहिलो, दोस्रो र पाँचौं सेट जित्दै काजकिस्तानले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । नेपालले तेस्रो र चौथो सेटमा निकै राम्रो कमब्याक जित निकाले पनि पाँचौं सेटमा भने पछि पर्यो । हारका बावजुद पनि नेपालले अंक तालिकामा १ अंक दर्ता गरेको छ । नेपालले दोस्रो खेल श्रीलंकासँग बिहीबार खेल्ने छ । यस प्रतियोगिता ६ वटा राष्ट्रले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
७