आइसिसी विश्वकप लिग २ : नेपालले आज नामिबियासँग खेल्दै
काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार २:४५ मा सुरु हुनेछ। नेपालको लागि यो सिरिज शीर्ष ४ मा पर्दै एकदिवसीय विश्वकप छनोट खेल्नको लागि निकै महत्वपूर्ण रहेको छ।
यो सिरिजमा नेपालले नामीबिया र नेदरल्यान्ड्ससँग खेल्नेछ। लिग २ मा नेपालले २८ खेलमा ११ जित, १५ हार र २ खेल नतिजा विहिन बन्दा २८ अंक जोडेको छ। हाल नेपाल तालिकाको पाँचौँ स्थानमा रहेको छ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, भिम सार्की, अर्जुन कुमाल , इशान पाण्डे,गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी,नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने
प्रतिक्रिया दिनुहोस !