विश्वकप फाइनल: पहिलो हाफ अर्जेन्टिना र स्पेनले गोलरहित बराबरी खेले
काठमाडौं : फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको खेलको पहिलो हाफमा टोलीले गोल निकाल्न सकेनन्।
खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे।
खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले बचाए।
खेलको पहिलो हाफमा अर्जेन्टिना स्पेनको प्रहार रोक्नमै व्यस्त भयो। अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन।
सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। १६ वर्षपछि विश्वकपको फाइनल खेलिरहेको स्पेनले साविक विजेतासँग उपाधि खोस्ने लक्ष्यमा रहेको छ ।
त्यस्तै सन् २०२२ मा कतारमा भएको विश्वकपको उपाधि जितेको अर्जेन्टिना भने उपाधि रक्षाको होडमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !