विश्वकप २०२६

एम्बाप्पे बने लगातार दुईपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी, रोड्रि सर्वोत्कृष्ट

एम्बाप्पे बने लगातार दुईपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी, रोड्रि सर्वोत्कृष्ट
सुन्नुहोस्

काठमाडौं : फ्रान्सका कप्तान किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। फिफा विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेर कीर्तिमानी कायम गरेका छन्। 

फाइनलमा नपुगेपनि तेस्रो स्थानको लागि इंग्ल्यान्डविरुद्धको खेलमा २ गोल गर्दै एमबाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै कीर्तिमान बनाएका हुन्।

खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा आफ्नो व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले विश्वकपमा नवौँ गोल पूरा गरेका थिए। यो गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको २१ विश्वकप गोलको रेकर्ड बराबरी गरे।

खेलको ६६ औँ मिनेटमा एम्बाप्पेले पुनः अर्को उत्कृष्ट गोल गर्दै जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्‍याए। यो गोलसँगै उनले मेस्सीको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा कुल २२ गोलको नयाँ ऐतिहासिक रेकर्ड आफ्नो नाममा लेखेका छन्। यसअघि कतारमा २०२२ मा भएको विश्वकपमा ८ गोल गर्दै एम्बाप्पेले गोल्डेन बुट जितेका थिए। 

गोल्डेनबलसहित व्यक्ति विधामा स्पेनको बर्चश्व

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्व विजेता बनेको स्पेनले यस पटक प्रतियोगिताका प्रमुख व्यक्तिगत विधामा समेत आफ्नो वर्चस्व राखेको छ। EAST RUTHERFORD, NEW JERSEY - JULY 19: Pau Cubarsi #22, Rodri #16 and Unai Simon #23 of Spain pose with their awards after the FIFA World Cup 2026 Final match between Spain and Argentina at New York New Jersey Stadium on July 19, 2026 in East Rutherford, New Jersey. (Photo by Alex Pantling - FIFA/FIFA via Getty Images)

उपाधिसँगै स्पेनका ३ जना खेलाडीहरूले प्रतियोगिताका सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डहरू आफ्नो नाममा गराएका छन्। स्पेनका मिडफिल्डर रोड्रि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल) र पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए। 

त्यस्तै, पूरै प्रतियोगिताका ७ खेलमा मात्र १ गोल ब्यहोरेका स्पेनका गोलकिपर उनाई सिमोनले ‘गोल्डेन ग्लोभ्स’ हात पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.