आईसीसी विश्वकप  क्रिकेट लिग–टु: नेपालको ब्याटिङमै समस्या

आईसीसी विश्वकप  क्रिकेट लिग–टु:  नेपालको ब्याटिङमै समस्या

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। 

नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान फ्रयाङलिनले अविजित ७८ रनको पालि खेलेका थिए। उनले ८९ बलमा एक छक्का र आठ चौका हिर्काए। यस्तै माइकल भान लिनगेनले पनि ५१ रनको अर्धशतकीय पालि खेलेका थिए। जान निकोल लफ्टी इटनले अविजित १७ रन जोडेका थिए। नेपालका नन्दन यादव र कप्तान रोहित पौडेलले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ५७ रन जोडेको थियो। लगातार विकेट गुमाउँदा नेपाल कम योगफलमा समेटिएको हो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले ३०, गुलसन झाले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए। नेपाललाई धराशयी बनाउन नामिबियाका जेजे स्मिथले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका उनले एक मेडनसहित २७ रन खर्चिएर ६ विकेट लिएका थिए। यस्तै ज्याक ब्रासेल र बर्नान्ड सोल्ट्जले दुई÷दुई विकेट हात पारे। शृंखलाअन्तर्गत नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ। 

आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल पाँचौं स्थानमा छ। नेपालले २९ खेलमा २४ अंक जोडेको छ। नेपालले २९ खेलमध्ये ११ मा जित र १६ खेलमा हार बेहोरेको छ। दुई खेल रद्द हुँदा एक÷एक अंक बाँडेको छ। ३२ खेलमा ४३ अंक जोडेको अमेरिका तालिकाको पहिलो स्थानमा छ। ३२ खेलमै ३८ अंक जोडेको स्कटल्यान्ड दोस्रो, २८ खेलमा ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो, २८ खेलमा ३१ अंक बनाएको ओमान चौथो, २९ खेलमा २४ अंक हात पारेको नामिबिया छैटौं, २८ खेलमा २४ अंक बटुलेको क्यानडा सातौं र २४ खेलमा १४ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौं स्थानमा छन्।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–टु सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता हो। लिग–टुको समाप्तिपछि अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन्। तालिकाको अन्तिम चार स्थानमा रहने टोलीले भने विश्वकप क्वालिफायरका लागि प्लेअफ खेल्नुपर्ने छ। यसैगरी आईसीसीबाट प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिता महत्वपूर्ण मानिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.