आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश
सुन्नुहोस्

जनकपुरधाम : सर्वोच्च अदालतले आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउने आदेश गरेको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै बुधबार आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापा चोकमा आरती मृत फेला परेकी थिइन्। माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएर मुद्दा दर्ता गरेको थियो। आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो। आरतीका आमा, बुबा र बहिनी विगत ६ महिनादेखि काठमाडौंको माइतीघरमा धर्ना बसेका छन्।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो। झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैमा खुसीको खबर। आरती साहको मुद्दामा लामो बहसपश्चात्त उनका पति मोतीबाबु साहलाई सम्मानित सर्वोच्च अदालतले थुनामा पठाउने आदेश गरेको छ। आरती साह मुद्दामा आंशिक सफलता।'

आरतीको हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीसमेत दिएको थियो। त्यसपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो। उनीहरुविरुद्ध जिल्ला अदालत धनुषामा जिल्ला सरकारी वकिल कार्यालयले असार १ मा ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो।

अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो। तर, उच्च अदालत जनकपुरधामको आदेशपछि आरतीका पति र ससुरा रिहा भए। त्यसपछि आरतीका आमा, बुबा र बहिनी काठमाडौं पुगेर धर्ना बसेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.