नातिसँगै कखरा सिक्दा...

नातिसँगै कखरा सिक्दा...
६१ वर्षीया चन्तरा कक्षा १ मा अध्यायन गरिरहेकी छन्।
सुन्नुहोस्

बैतडी : उमेर ६१ लाग्यो। तर, नातिनातिनीसँगै क, ख... सिक्दैछन् बैतडीको पाटन नगरपालिका–८ आरुबाटाकी चन्तरा महरा। नाति नातिनीहरूलार्र्ई पुर्‍याउन विद्यालयसम्म आउने गरेकी चन्तरा अहिले उनीहरूसँगै पढ्दैछन्। गत वैशाखमै जनता मावि आरुबाटामा भर्ना भएकी चन्तरा कक्षा १ मा अध्ययन गर्छिन्। उमेरले ६ दशक काट्नै लागेको भए पनि बालबालिका झैं भएर पढ्न थालेकी छन्। 

कविता पढ्ने, पढाउने र अक्षर चिनारी सिकिरहेकी छन्। विद्यालयका शिक्षकहरूले पढ्न सुझाव दिएपछि आफू पनि भर्ना भएको उनले बताइन्। ‘नातिनातिनीहरूलार्र्ई विद्यालय पुर्‍याउन आउथें, उनीहरूसँगै दिनभर बस्थें, मलार्र्ई पनि पढौंपढौं लाग्यो, यहाँका शिक्षकहरूले पनि पढुनुहोस् भन्नुभयो, भर्ना भैहालें,’ उनले भनिन्। 

घरपरिवारका सदस्य र स्थानीयहरूले पनि उनलार्र्ई सकारात्मक प्रतिक्रिया दिने गरेका छन्। ‘नातिहरूसँगै पढ्छु, घरमा पनि सिकाउछु, गाउँका मानिसहरूले पनि राम्रो गर्नुभो भन्छन्,’ चन्तराले भनिन्।   

गत वैशाखमा मात्रै भर्ना भएकी उनले अक्षर चिनारीसँगै नाम लोख्न र सरल शब्दहरू पढ्न थालिसकेकी छन्। उनका लागि विद्यालयबाट पुस्तक, कापी, कलमलगायतका आवश्यक सामग्रीहरू उपलब्ध गराइएको छ। ‘कक्षा १ का विद्यार्थीहरूसँगै बस्नुहुन्छ, अक्षर चिनारी र सरल शब्दहरू पढ्ने भइसक्नुभयो,’ जनता माविका प्रधानाध्यापक राम कुँवरले भने।   

विद्यालयमा भइरहने विभिन्न गतिविधिमा सरिक हुँदा चन्तराले पढाइको महत्व पनि बुझ्दै गएकी छन्। उमेर छँदै पढ्न नपाउँदा उनलार्र्ई अहिले ठूलो पछूतो छ। ‘सबैभन्दा ठूलो कुरा पढाइ रहेछ, पढाइ छ त सबै छ, ऊ बेला पढ्ने अवसर नै मिलेन, अहिले पछूतो लाग्छ,’ महराले भनिन्।  परिस्थिति जे जस्तो भए तापनि पढाइ नछोड्न विद्यार्थीहरूलार्र्ई सुझाव पनि दिने गरेकी छन्।

साना बालबालिकाहरूलार्र्ई घरबाट विद्यालय पुर्‍याउनको लागि दिनहुँ विद्यालय आइरहने भएकाले शिक्षकहरूले पनि पढ्न उत्प्रेरित गरेका थिए। अहिले अक्षर चिनारीसँगै नाम लेख्नसम्म भ्याइसकेकी छन्। चन्तराले यस ढल्किँदो उमेरमा पनि बालबालिकासँगै विद्यालयमा अध्ययन गरिरहँदा पढाइको महत्व झनै छर्लङ्ग पारिरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.