सडक निर्माणमा लापरबाही भएको भन्दै नागरिक आन्दोलित

सडक निर्माणमा लापरबाही भएको भन्दै नागरिक आन्दोलित
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको लाटिकोइलीका स्थानीय आन्दोलित भएका भएका छन्। निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सडक कालोपत्रेको काम अलपत्र परेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। 

आन्दोलनका कारण बिहीबार वीरेन्द्रनगर तनावग्रष्त बन्यो। सडकमा बालिएका टाएरको धुँवा र सडक अवरोधले स्थानीयको आवतजावत नै प्रभावित भयो। स्थानीय युवाले नेतृत्वको गरेको नागरिक आन्दोलनमा आफ्नो पोशाकमै विद्यार्थीहरू पनि सहभागी भएका थिए। 

बालबालिका सम्बन्धी कानुनी व्यवस्थाले कुनैपनि किसिमका आन्दोलनमा बालबालिकाहरूलाई प्रयोग गर्न पाइदैन। तर ती विद्यार्थीहरूले भने सुर्खेतको मंगलगडी चोकदेखि लाटिकोइली कांक्रेबिहार तिर जाने सडक निर्माण व्यवसायीको लापरबाहीका कारण कालोपत्रेको काम अलपत्र पर्दा हरेक दिन धुलो धुँवा खानुपरेको भन्दै आफैं सडक आन्दोलनमा सहभागी भए। 

         
सडक निर्माणको कामलाई अलपत्र पारेर बेखबर रहेका वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नति गर्ने ठेकेदारको विरुद्धमा उनीहरूको आन्दोलन केन्द्रित थियो। उनीहरूले विरोध प्रदर्शनसहित बजार परिक्रमा गरेर उक्त सडकखण्डमा सवारी साधन निषेध गरे। सकारात्मक परिवर्तनका लागि दबाबमूलक बहस कार्यक्रम सहित मंगलगढी चोकमा टायर समेत बालेर विरोध जनाएका थिए। 

समयमा सडक नहुँदा विद्यालयमा शान्तसँग पढ्ने वातावरणबाट बञ्चित भएको विद्यार्थीले सुनाए। एक जना विद्यार्थीले भने, 'स्कुल जाँदा–आउँदा विभिन्न समस्या त छन् नै पढ्ने बेलामा समेत शान्तले पढ्न पाइदैन।' यो सडकमा सधैं जसो धूलो र पानी पर्दा हिलो हुने समस्याले आफूहरूलाई विद्यालय जान सधैं सास्ती हुने गरेको उनले बताए।  

वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक निर्माणको जिम्मा बाँके कार्यालय ठेगाना रहेको श्रीअमर सिस्ने नेपाल मेगा जेभीले लिएको छ। उक्त कम्पनीले १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक कालोपत्रेको ठेक्का लिएको छ। 

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र उक्त कम्पनीबीच २०७८ मंसिर १४ गते पहिलो पटक सम्झौता भएको थियो। सम्झौता अनुसार २०८० असार १५ गते उक्त सडक कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने समय सीमा थियो। तर २०८० मंसिर सकिनै लाग्दा समेत सडक अलपत्र छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.