६९० विद्यार्थीको एकसाथ नृत्य

६९० विद्यार्थीको एकसाथ नृत्य
सोफिया रेसिडेन्सियल स्कुल नेपालगन्जको १७औं वार्षिकोत्सवमा सामूहिक नृत्य गर्दै विद्यार्थी। तस्बिर : शंकरप्रसाद। खनाल
सुन्नुहोस्

नेपालगन्ज : पाँच कठ्ठा अर्थात् झन्डै १७ सय मिटरको रेड कार्पेट ओछ्याएको ठूलो स्टेज छ। रातो, सेतो, कालो, पहेँलो, हरियो, सुन्तला, सुनौलो, बैजनीलगायतका पीजीदेखि कक्षा १० सम्मका कक्षापिच्छे १२ रंगका लुगा लगाएका धेरै जना विद्यार्थीहरू आउँछन्। एकसाथ एकपछि अर्को गर्दै सातवटा गीत बज्छन्। मंसिर महिनाको पारिलो घाममा के छात्र, के छात्रा सबै रमाउँदै २० मिनेटसम्म नाचेको पत्तो नै लाग्दैन। नृत्यको फोटो र भिडियो खिच्न एकसाथ दर्जनौं मोबाइलका क्यामेरा तेर्सिन्छन्। ती पत्रकार नभएर अभिभावक थिए।  

यो दृश्य नेपालगन्जको सोफिया रेसिडेन्सियल विद्यालयको १७औं वार्षिकोत्सव तथा क्रिसमस उत्सवमा आयोजित विद्यार्थीको सामूहिक ‘कलरफुल डान्स’को हो। विद्यालयका प्रधानाध्यापक सुशीला बसेलका अनुसार पीजीदेखि कक्षा १० सम्मका ६९० जना विद्यार्थीलाई एकसाथ नृत्य गराइएको हो। ‘सुरुमा हरेक कक्षाका विद्यार्थीलाई अभ्यास गराइएको थियो। त्यसपछि सबै विद्यार्थीलाई एकसाथ मैदानमा उतारिएको थियो। त्यसैले त सबैले एउटै लयमा नृत्य गर्न सके’, विद्यालयका म्युजिक शिक्षक सुरेश गुरुङले प्रतिक्रिया दिए, ‘एकसाथ यति धेरै विद्यार्थीलाई नृत्य गराउनु चुनौतीको कुरा हो तर हामीले हरेक वर्ष सामूहिक नृत्य गराइरहेका छौं।’ रोचक कुरा त के छ भने एउटा गीत सकिएर अर्को गीत बज्दा विद्यार्थीहरू एक ठाउँबाट अर्को ठाउँमा नाच्दै–नाच्दै अर्को किनारमा पुगिसकेका हुन्छन्। २० मिनेटको अवधिमा नाच्दा–नाच्दै विद्यार्थी पाँच कठ्ठा क्षेत्रफललाई एक फन्को मारिसकेका थिए। 

यतिधेरै विद्यार्थीको सामूहिक नृत्यबाट उत्साही भएर नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले विद्यालयलाई पाठ्यक्रमको ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन सुझाव दिए। उनले अभिभावकलाई पनि आफ्ना सन्तानलाई समय दिन ध्यानाकर्षण गरे। उनले भने, ‘तपार्इंको छोराछोरी डाक्टर, इन्जिनियर त होलान्। आमाबुबालाई कतै वृद्धाश्रममा त छोडिरहेका छैनन्’, उनले भने, ‘आज तपाईंले समय दिएर असल सन्तान बनाउनुभयो भने भोलि सन्तानले पनि तपाईंलाई हेर्ने छन्।’ विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीले नाटक पनि प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालक पनि विद्यार्थी नै थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.