परराष्ट्रमन्त्री साउद स्वीट्जरल्यान्ड र आर्मेनिया भ्रमणमा जाँदै
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्। मंसिर २४ र २५ गते जेनेभामा आयोजना हुने मानव अधिकारसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको भ्रमणलाई स्वीकृतिसमेत दिएको छ। उनी त्यतैबाट आर्मेनियाको समेत भ्रमण गर्नेछन्। आर्मेनियामा हुने एलएलडीसीएसको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद मंसिर २८ र २९ गतेका लागि त्यहाँ पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।