साउदी रियाद सिजनमा नेपाल सहभागी
काठमाडौं : साउदी रियाद सिजनमा नेपालले सहभागिता जनाएको छ। साउदीमा रियाद सहरस्थित अल सुवेदी पार्कमा डिसेम्बर १० मा सुरु भएको सिजनको उद्घाटनमा नेपालले आफ्नो संस्कृतिसहित जातीय रूपमा झाकी समेत प्रदर्शन गरेको छ।
सिजनको पहिलो दिनको सुरुवातमा साउदीमा कार्यरत स्थानीय कलाकारहरूले आफ्नो नृत्य तथा गायनका रूपमा आफ्नो प्रस्तुति दिएका थिए।
सहभागी अन्य नेपाली तथा गैरनेपालीले पञ्चेबाजा र स्थानीय कलाकारको साथमा नृत्य गरी मनोरञ्जन लिएका थिए। सिजनमा नेपाली दूतावास लगायत ५ सयभन्दा बढी नेपालीको सहभागिता थियो।
यस सिजनमा डिसेम्बर १० देखि १२ सम्म नेपालको सहभागिता रहने छ। यस सिजनमा भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया,सुडान लगायतका देशले प्रदर्शन गरिसकेका छन्।