रारा भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक

रारा भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
सुन्नुहोस्

धनकुटा : रारा भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक गरिएको छ। मंसिर ११ देखि १४ गतेसम्म चौविसे गाउँपालिका केन्द्र राजारानीमा सम्पन्न प्रथम स्वर्गीय ज्ञानबहादुर तथा वुद्धिमाया लिम्बू स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक गरिएको हो। 

प्रतियोगिताको मुख्य आयोजक रारा भेट्रान फुटबल क्लबले चौविसे गाउँपालिका केन्द्रको सभाहलमा आय-व्यय सार्वजनिक गरेको हो। क्लबले भेट्रान गोल्डकपसँगै फुड फेस्टिभल र सांगीतिक साँझ कार्यक्रम समेत गरेको थियो। क्लबका अध्यक्ष विजु राईले कार्यक्रमबाट २२ लाख ३० हजार रुपैयाँ आम्दानी भएको र फुटबल तर्फ ८ लाख ६ हजार खर्च र कन्सर्ट तर्फ १३ लाख ७३ हजार रुपैयाँ खर्च भई ५१ हजार रुपैयाँ बचत भएको जानकारी दिए। 

स्वर्गीय ज्ञानबहादुर तथा वुद्धिमाया लिम्बू परिवारबाट ४ लाख, टिकट कन्सर्टबाट ३ लाख, चौविसे गाउँपालिकाबाट २ लाख ८० हजार, यूके फुटबल लभर्सबाट २ लाख, अर्ना वियर प्रायोजकबाट १ लाख, बस व्यवसायी संघबाट २२ हजार, ट्रक संघबाट ८ हजार, चौविसे गापा ६ नम्बर वडा कार्यालयबाट २१ हजार, अन्य वडा कार्यालयहरूबाट ३८ हजार, विभिन्न दाताहरूबाट ८ लाख १० हजार, विभिन्न संघसंस्थाबाट २१ हजार, अविरल हाइड्रो पावरबाट ३० हजार गरी कुल २२ लाख ३० हजार रुपैया आर्थिक सहयोग संकलन भएको थियो। 

खर्चतर्फ साउण्ड सिस्टममा २ लाख ८० हजार, टेन्ट, बारबेरामा १ लाख ७५ हजार, बाँसको स्टेज निर्माणमा ९५ हजार, कलाकार तर्फ २ लाख २० हजार, नृत्य प्रतियोगितामा ४० हजार, कार्यक्रम प्रस्तोतालाई ३० हजार, प्रचारप्रसार मिडियातर्फ ६० हजार, टिजेल, जेनेरेटर भाडा ४८ हजार, सम्पूर्ण स्वयम्सेवक व्यवस्थापन ३ लाख ३५ हजार, विविधमा ९० हजार गरी कुल १३ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ। 

फुटबलतर्फ प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार, सर्वश्रेष्ठ तर्फ २१ हजार, म्यान अफ द म्याच ३५ हजार, फेयर तर्फ १ लाख ८५ हजार, रेफ्रि ९० हजार, अर्विट टिभी १५ हजार, ट्रफी, मेडल, मायाको चिनो १ लाख ४५ हजार, बत्ति, पटेका, तोरन, झिरझिरेमा १ लाख, खेलमैदान चुना, पानी, डोरी बाँस लगायत व्यवस्थापनमा ६५ हजार गरी ८ लाख ६ हजार खर्च भएको थियो।   

भेट्रान गोल्डकपको उपाधि सिक्किमलाई पराजित गर्दै इटहरीले हात पारेको थियो। चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले आगामी दिनमा प्रतियोगिता सञ्चालनका लागि नियमित बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे। 

सोही अवसरमा उत्कृष्ट चार स्वयंसेवक डेकु थापा, जीवन लिम्बु, उषा लिम्बू, शान्ता लिम्बूलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा चौविसे गाउँपालिका उपाध्यक्ष टंकमाया मगर, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल लगायतको उपस्थिति थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.