मुक्तिनाथमा करिब ११ लाख भेटी संकलन, सटही नहुने रकम प्रहरी कार्यालयमा राखियो

मुक्तिनाथमा करिब ११ लाख भेटी संकलन, सटही नहुने रकम प्रहरी कार्यालयमा राखियो
सुन्नुहोस्

जोमसोम : मुक्तिनाथ मन्दिरमा करिब ११ लाख भेटी संकलन भएको छ। नेपालसहित ११ देशका भक्तजनले १० लाख ९५ हजार ८४० रुपैयाँ भेटी चढाएका हुन्। 

मन्दिरमा राखिएको पाँचवटा दानपेटिकामा संकलन भएको भेटी मंसिर २१ गते गणना गरिएको थियो। संकलन भएको भेटिमध्ये १० लाख ९५ हजार ८४० रुपैयाँ बैंकमा जम्मा गरिएको छ। 

भारतीय रुपैयाँसहित १० वटा देशका भक्तजनले चढाएको रकम सटही हुन नसकेपछि  मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको जिम्मा लगाइएको छ।  

मुक्तिनाथ विकास समितिका अनुसार भारतीय रुपैया ५ लाख ३४ हजार २४०, अमेरिकी डलर ७१९,अरबियन ३२५, कोरियन वन १ हजार, बेलायती पाउन्ड १, भुटानी २०, हङ‍कङ डलर ३०, युरो १०, मलेसियन रिंगिट २ र ओमानी रुपैया १ सय प्रहरीको जिम्मा लगाइएको छ। 

चन्दा बाकसको रकम गणना गरिँदा ११ देशको मुद्रा जम्मा भएको समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद शर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.