कर्णालीमा एमयु नीति प्रयोगशाला स्थापना

कर्णालीमा एमयु नीति प्रयोगशाला स्थापना
सुन्नुहोस्

वीरेन्द्रनगर : मध्यपश्चिम विश्वविद्यालयमा एमयु नीति प्रयोगशाला स्थापना गरिएको छ। कर्णालीको विकास र समृद्धिका लागि आवश्यक नीति तर्जुमा गर्न तथा विश्वविद्यालयमा नीतिगत अध्यायन र अनुसन्धान सुरुवात गर्नका लागि प्रयोगशाला स्थापना गरिएको हो। 

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले मंगलबार प्रयोगशालाको विधिवत् रुपमा उद्घाटन गरे।  उनले कर्णाली प्रदेशस्थित मध्यपश्चिम विश्वविद्यालयमा स्थापना भएको एमयु नीति प्रयोगशालाले संघीय, प्रदेश र स्थानिय नीतिहरूका विषयमा अध्यायन अनुसन्धान र नयाँ नीति तर्जुमा गर्नका लागि यो प्रयोगशाला सहयोगी बन्ने बताए । 

उनले भने, 'कर्णालीको विकास र समृद्धिका लागि यहाँको हावापानी, भुगोल, सामाजिक, सांस्कृतिक अवस्था सुहाउँदो नीति आवश्यक छ। त्यसका लागि प्रयोगशालाले अध्ययन अनुसन्धान गरी स्थानीय तहदेखि संघीय सरकारसँग सहकार्य गर्नेछ। नीतिमा आवश्यक नवीनतम सुधारका लागि पनि सुझाव दिनेछ।'

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.