बागमती नदीबाट अवैधरुपमा ढुंगा निकासी, बन्द गर्न स्थानीयको माग

बागमती नदीबाट अवैधरुपमा ढुंगा निकासी, बन्द गर्न स्थानीयको माग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : चन्द्रपुर नगरपालिका -१ स्थित बागमती नदी किनारमा सयौं घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ । चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का हालसम्म लगाएको छैन ।

यस आर्थिक वर्षको अहिलेसम्म चन्द्रपुर नगरपालिकाले  ठेक्का नलगाएपछि व्यवसायीहरूले अवैधरुपले ढुंगा उत्खनन गरेर भण्डार गरेका हुन् । नदी किनारमा थुपारिएको ढुंगा सम्बन्धित निकायले जफत गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । अवैधरुपमा नदीबाट उत्खनन् गरेर बागमती किनारको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरू र व्यवसायीले बिक्री वितरण समेत गर्दै आएको सरोकारवालाहरू बताउँछन् । 

चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का नलगाएको अवस्थामा  ढुंगा संकलन गर्नु नियम विपरित भएको स्थानीयको गुनासो छ ।  ढुंगा तस्करहरूले बिक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीस्थित बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् ।

डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले नियम विपरित नदीबाट उत्खनन् गरी किनारमा संकलन गरेर राखेको ढुंगाको विषयमा  अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.