प्रहरीका परिवारलाई स्वरोजगार बनाउन ऋण-अनुदान

प्रहरीका परिवारलाई स्वरोजगार बनाउन ऋण-अनुदान
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाल प्रहरी श्रीमती संघले प्रहरीका परिवारहरूलाई स्वरोजगार बनाउन ऋण-अनुदान सहयोग गर्ने भएको छ। 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको कार्यालय उद्घाटन गर्दै प्रहरीका परिवारलाई स्वरोजगार बनाउन ऋण अनुदान सहयोग गर्ने बताइन्। 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, अन्य पदाधिकारी पदाधिकारी र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष विन्दु अधिकारी ढकाल सहितको टोलीले कर्णालीमा गरेका सामाजिक कामहरूका बारेमा जानकारी गराउँदै आफ्ना भावी योजनाहरू सार्वजनिक गरिन्। 

अध्यक्ष कुँवरले भनिन्, 'हामीले स्वरोजगारका लागि ऋण-अनुदानसँगै अन्य सीपमुलक तालिमहरू, नयाँ भवनमा आवश्यक श्रोत साधन र जनशक्ति व्यवस्थापन, आफ्नै सवारी साधन, नागरिकका लागि एम्बुलेन्स सेवा, सामाजिक चेतनाका लागि निःशुल्क परामर्श कार्यक्रम, प्रदेश स्तरमा संघकै नेतृत्वमा पेट्रोल पम्प, लागूऔषध दुर्व्यसनी सुधारका लागि आसरा सुधार केन्द्र, श्रीमती संघ छात्रवृत्ति कोष स्थापना गर्ने तयारी छ।' 

नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष ढकालले नेपाल प्रहरी श्रीमती संघ केन्द्रले गर्ने कार्यहरूलाई अनुसरण गर्दै प्रदेश स्तरमा पनि आफूहरू सक्रिय हुने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.