हङकङमा पहिलो नेपाली जिल्ला पार्षद सदस्य

हङकङमा पहिलो नेपाली जिल्ला पार्षद सदस्य
फाइल तस्बिर।
सुन्नुहोस्

हङकङ : हङकङको याउचिमोङ जिल्ला पार्षद सदस्यमा अरुणा गुरुङ नियुक्त भएकी छिन्। सरकारको जिल्ला परिषद् अध्यादेशअनुसार सातौं कार्यकाल जिल्ला परिषद् (डीसी) को चारवर्षे कार्यकालका लागि १ सय ७९ जना सदस्यीय टोलीको नाम घोषणा भएको थियो। जसमा याउचिमोङ डिस्ट्रिकका लागि गुरुङलाई नियुक्त गरिएको हो। 

गुरुङ हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा इन्फ्लाइट सर्भिस म्यानेजर पदबाट ३२ वर्षे कार्यकाल पूरा गरी अवकाश लिएकी हुन्। योसँगै उनी हङकङ महिला आयोग सदस्य, याउचिमोङ डिस्ट्रिक फायर सेफ्टी सदस्य, जातीय सद्भाव प्रवद्र्धन समिति सदस्यलगायत दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छिन्।

२०२४ को जनवरी १ बाट कार्यकाल सुरु हुने पार्षद सदस्यहरूमा अल्पसंख्यक जातिहरूको प्रतिनिधित्व गर्दै पहिलोपटक नेपालीको सहभागिता भएको हो। देशभक्त हङकङ प्रशासनको मुख्य नारा र सिद्धान्तलाई व्यावहारिक रूपमा कार्यान्वयन गरी जनता र सरकारको दूरी कम गर्दै हरेक क्षेत्र, समुदायमा बराबरी विकासको अवधारणा ल्याउनका लागि जिल्ला परिषद् गठन गरिएको हो। सरकारी प्रवक्ताका अनुसार सामाजिक तह, क्षेत्र र पेसाको प्रतिनिधित्व होस् भन्ने उद्देश्यले बढीमा ४७ वर्ष र सबैभन्दा कम २३ वर्षसम्मका प्रतिनिधिहरूलाई जिल्ला पार्षद सदस्यमा नियुक्त गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.