पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि संकल्प प्रस्ताव पारित

पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि संकल्प प्रस्ताव पारित
सुन्नुहोस्

कपिलवस्तु : शाक्यमुनी बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरवार क्षेत्र तिलौराकोटलगायत कपिलवस्तुका अन्य पुरातात्विक स्थलहरूको एकीकृत विकासका लागि कपिलवस्तु विकास कोष गठनका लागि नागरिक स्तरबाट संकल्प प्रस्ताव पास गरिएको छ। 

कपिलवस्तु पर्यटन विकास समितिको आयोजनामा तिलौराकोट दरवार क्षेत्रमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको उपस्थितिमा कपिलवस्तुका जनप्रतिनिधि, नागरिक, राजनीतिक दलका नेता तथा समाजका अगुवाहरूले कपिलवस्तु विकास कोषको संकल्प प्रस्ताव पास गरेका हुन्। लुम्बिनी विकास कोष लुम्बिनीको घेराभन्दा बाहिर निस्कन नसकेको अवस्थामा समग्र पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको कपिलवस्तुको विकासका लागि कपिलवस्तु विकास कोषको गठन अपरिहार्य रहेको नागरिक अगुवाहरूले बताएका छन्। 

संकल्प प्रस्तावमा आफ्नो पनि पूर्ण समर्थन र ऐक्यवद्धता रहेको पूर्व प्रधानमन्त्री भट्टराईले बताए। प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यतामध्येको एक सभ्यता रहेको पूर्व प्रधानमन्त्री भट्टराईले बताए। 

'इतिहासमा जुन हामीले मोहन जोदारो र हडप्पन सभ्यताबारे पढ्ने गरेका छौं, त्यो सभ्यताको हााराहारीमा तिलौराकोट तिलौराकोट सभ्यता छ,' उनले भने, 'कपिलबस्तुका ऐतिहासिक एवं पुरातत्विक सम्पदालाई सही ढंगले प्रचार-प्रचार गर्न सकिएन। तिलौराकोट जस्ता सम्पदाहरु विकासका आधार र आर्थिक केन्द्र हुन्।' पर्यटनसँगै कृषि र उद्योगको पनि विकास हुनु जरुरी रहेको उनको भनाइ छ। शाक्यमुनी सिद्धार्थ गौतमले २९ वर्ष विताएको राजदरबार, कुदान, निग्लिहवालगायतका १ सयभन्दा बढी पुरातात्विक महत्वका स्थलहरू कपिलवस्तुमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.