गाईको सम्पत्तिमा राजनीतिकर्मीको रजाइँ

गाईको सम्पत्तिमा राजनीतिकर्मीको रजाइँ
सुन्नुहोस्

गौशाला (महोत्तरी) : मुलुकमै सबैभन्दा पुरानो गाई गोठको रूपले चिनिने निगौल गाई गौशाला अहिले राजनीतिक चपेटामा परेको छ । जसका कारण यी संस्था पछिल्लो समयमा आएर धरासायी बनेको छ । राजनीतिकर्मीले प्रत्यक्षरूपमा हावी भएकै कारण संस्थाको अधीनमा रहेको जग्गाहरू क्रमिक रूपमा अतिक्रमित भएको छ । 

विभिन्न समयमा गरी यस संस्थाको मातहतमा रहेको २४ बिघा जग्गा अतिक्रमितको चपेटामा परेको कार्यालय स्रोतले जनाएको छ । आफूलाई समाजसेवी कहलाउने यस्ता नेता कार्यकर्ताहरूले संरक्षणको पूर्णग्यारेन्टी लिएकै कारण यस संस्थाको जग्गा अतिक्रमित भएको निमित कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए । उनले भने, भोट बैंक स्थापित गर्न यहाँका जग्गा उनीहरूले प्रयोग गर्दै आएका छन् ।

चुनावको समयमा जनतासमक्ष गरिएको वाचा पूरा गर्नका लागि यस संस्थाको जग्गालाई अवैधानिक तवरले विभिन्न सार्वजनिक संरचनाको नाम दिई अतिक्रमण गरिएको छ । उल्लिखित जग्गाहरूमा सामाजिक संरचनाको निर्माण भए तापनि सो जग्गा उपभोगका लागि यस कार्यालयसँग कुनै किसिमको सहमतिको रेकर्ड नरहेको चौधरीले बताए । उनले भने, ती जग्गाहरूमा निर्मित संरचनाले स्थानीयलाई प्रत्यक्ष रूपमा फाइदा पुगेकै हो । तर, यसमा कानुनी प्रक्रिया भने पुगेको छैन । 

गौशाला पशुहाटबजार सञ्चालनका लागि तत्कालीन समयमा गौशाला गाविससँग भएको सहमति पछिल्लो समयमा आएर पालना नभएको अवस्था रहेको छ । तत्कालीन गाविसको कार्यालयसँग २५ प्रतिशत ठेक्का पाउने शर्तमा आपसी सहमतिअनुसार निगौल गाई गौशालाले जग्गा बजार उपयोगका लागि दिइएको थियो । लामो वर्षसम्म ती सहमतिको पालना भयो । तर, स्थानीय सरकार आएपछि ती सहमतिलाई लत्याइएको छ । अहिले रकम बुझाउनका लागि विभिन्न वहानावाजी गर्दै आएको छ । जनप्रतिनिधिसँग अनेकौपटक गरिएको वार्ताले कुनै निष्कर्ष निस्कन सकेको छैन । कार्यालय अहिले बाध्य भई मुखदर्शक भए छ । 

वि.सं. १९८३ सालमा तत्कालीन भारतका दरभंगा महाराज व्रह्मदेव ठाकुरले गौ पालनका लागि यहाँ गौशालाको स्थापना गरिएको थियो । गौशालालाई संरक्षण अनि व्यवस्थापनका निम्ति संस्थाका नाममा यहाँ २ सय बिघा जग्गादान गरेका थिए । पछि गाईपालनका लागि आधुनिक जातिका १५ सयवटा गाई नेपाल सरकारमार्फत यस संस्थालाई हस्तान्तरण गरिएपछि यहाँ नेपालकै सबैभन्दा पुरानो गाई गोठको स्थापना भएको स्थानीय जानकारवालाहरूको भनाइ छ । 

यस ऐतिहासिक गौशाला जोगाउनभन्दा पनि मास्नमा लाग्ने धेरै संख्यामा लागिपरेका छन् । तीनै तहका सरकार भए पनि यस ऐतिहासिक गाई गौशालालाई संरक्षण गर्न सकेको छैन । गौशालाजस्तो सक्षम अनि ऐतिहासिक सम्पदा भएको कार्यालयलाई जर्जर अवस्थामा पुर्‍याउने नापी, मालपोत र गौशालाकै कर्मचारीहरू छन् । उनीहरू लोभ लाभमा फसी यस संस्थाललाई दुर्दशामा पुर्‍याएका हुन् ।

मिलेमतो नभई आफैं कुनै पनि हालतमा जग्गा अतिक्रमण हुँदैन, सरकारी जग्गा व्यक्तिका नाममा पुग्दैन न नबताउने शर्तमा ती कार्यालयका एक कर्मचारीले बताए । विभिन्न समय र बहानामा हुने बारम्बारको अतिक्रमणले यहाँ रहेका गाईहरू अब सडकमा पुग्ने अवस्था आइसकेको छ । यो यस क्षेत्रका लागि मात्रै होइन मुलुककै लागि लाजमर्दाे विषय ती कर्मचारीले भने । गौशालाको नाममा रहेको १ सय ४८ बिघा जग्गामध्ये झन्डै ५० बिघा जग्गा अतिक्रमण भइसकेको छ । अतिक्रमित जग्गामा अहिले थुप्रै घर ठडिएका छन् ।

अतिक्रमण रोक्न राजनीतिक तहबाटै पहल हुनपर्नेमा उल्टै अतिक्रमण गर्नेहरू नै राजनीतिक क्षेत्रबाट संरक्षित भएका स्थानीयवासी बताउँछन् । बाँकी रहेका जग्गामध्ये १० विगाहामा आधुनिक भौतिक पूर्वाधारसहित गाई गोठ, २७ बिघामा ३ वटा पोखरी, फूलबारी र करिब ५६ विगाहा जग्गा खेतीयोग्य जमिनमा गाईवस्तुका लागि मौसमी घाँस उत्पादन गर्दै आएको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.