‘समृद्धिका लागि संकल्प यात्रा दलीय राजनीतिबाट माथि उठेको राष्ट्रिय यात्रा’

‘समृद्धिका लागि संकल्प यात्रा दलीय राजनीतिबाट माथि उठेको राष्ट्रिय यात्रा’
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले समृद्धिका लागि संकल्प यात्रा दलीय राजनीतिबाट माथि उठेर राष्ट्रिय संकल्प यात्रा भएको दाबी गरेको छ। चिवाभन्ज्याङमा राष्ट्रिय झण्डा फहराएर मंसिर १४ मा झुलाघाटबाट सुरु भएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्राको अन्तिम दिन एमाले महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गर्ने कोसिस भएपनि जनताको अपार माया प्राप्त भएको दाबी बताएका हुन्।

यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशकाबारेको विमर्श भने निरन्तर जारी रहने उनले बताए। ‘यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहनेछ।’महासचिव पोख्रेलले भनेका छन्,‘यात्राका क्रममा कोशी प्रदेशमा आइपुग्दा कोशी प्रदेशको नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गर्ने कोसिस गरे। भय र आतंकको वातावरण सिर्जनागर्ने प्रयास गरे। ३० र १ गते बन्दको घोषणा समेत गरे। तर यात्रा निर्वाध रुपमा अघि वढिरह्यो। जनताको अपार माया र सहभागिता कोशी प्रदेशमा आयोजना गरिएको कार्यक्रममा झनै छचल्कियो।’

विरोध र बन्दको घोषणाका बावजुत जनताको यस यात्राप्रति जनताको अपार समर्थन किन प्रकट भयो आन्दोलनकारी पक्षले समेत बुझ्नु जरुरी हुने उनको आग्रह छ। पोखरेलले चारवटा विषयलाई औल्याएका छन्।

पहिलो कुरा त यो मध्य पहाडी क्षेत्रको समस्या पहिचान गर्ने र मध्यपहाडी क्षेत्रको विकासमा केन्द्रीत यात्रा थियो। यो यात्रा दलिय राजनीतिवाट माथि उठेर राष्ट्रिय संकल्प यात्रा थियो। यसलाई बुझ्न नसक्नु आन्दोलनकारी पक्षको कमजोरी देखियो।

दोस्रो नेकपा(एमाले) साँस्कृतिक पहिचानको विरोधी होइन। उसले विभिन्न जातिय संस्कृतिलाई उच्च सम्मान दिदै आएको छ। यात्राका क्रममा यात्रालाई प्रभावकारी र जिवन्त बनाउन स्थानिय संस्कृति राम्रो संयोजन गरिएको थियो स्थानिय आयोजकहरुका तर्फवाट। यसलाई वुझ्न नसक्नु पहिचानवादी भन्नेहरुको कमजोरी रह्यो।

तेस्रो नेकपा(एमाले)ले कोशी प्रदेशको नाम एक्लै राखेको होइन। एक्लै राख्दा हुने भए पहिलो प्रदेश सभामा नेकपा(एमाले)को एकल वहुमत थियो। तर पनि नाम राख्न सम्भव भएन। किनकी त्यसका लाई दुई तिहाई चाहिन्थ्यो। यस पटकको प्रदेश सभामा त एमालेको वहुमत समेत थिएन। यो तथ्यलाई आन्दोलनकारीले वुझ्न चाहेको देखिएन।

चौथो जहाँसम्म नेकपा(एमाले)को दृष्टिकोणको कुरा छ उसले सदैव साझा पहिचानको कुरा गर्दै आएको हो। त्यही मान्यतामा उभिएबापत पार्टी विभाजन गर्ने कोसिस समेत भएको हो। अशोक राई लगायतकाले पार्टी छोडेर नयाँ पार्टी समेत बनाउनु भएको हो। त्यस अर्थमा नेकपा(एमाले)प्रति गुनासो र विरोध गर्नुपर्ने कारणनै थिएन। विरोध र गुनासो गर्नुपर्ने भए जातिय नामकरणको कुरा गरेर साझा नामकरणका पक्षमा मतदान गरेकाहरुप्रति हुनुपर्ने हो।

महासचिव पोख्रेलले एमाले समस्याको सर्जक नभई समाधान भएको बताए। उनले नेकपा(एमाले) सबै प्रकारका असहमतिहरुलाई राजनीतिक रुपमा कदर गर्ने बताए।‘विगतमा संविधानको खिलापमा हिंसात्मक राजनीति गरिरहेका सिके राउत र विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउने पनि एमाले नै हो। त्यसले एमाले समस्याको सर्जक होइन समाधान हो। यसलाई यात्राको विरोधगर्ने र अवरोध सिर्जनागर्न खोज्नेपक्षले समेत बुझ्नु पर्दछ।’ उनले सामाजिक सञ्जालमार्फत भने,‘बरु कोशी प्रदेशमा समृद्धिका लागि संकल्प यात्रा टोली आउँदा भव्यरुपमा स्वागत गरेर आफ्ना चासो र मागहरु प्रस्तुत गरेको भए यसले राजनीतिक अवसरवाद र अस्थिरता सिर्जना गर्न खोज्ने प्रवृत्तिका विरुद्धमा नयाँ ढंगले छलफलगर्ने वातावरण पो सिर्जना गर्ने थियो कि !’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.