हुकिङ गरिरहेको अवस्थामा मिटर नियन्त्रण
महोत्तरी : अनधिकृत रूपमा विद्युत चोरी गरिएको अवस्थामा नेपाल विद्युत् प्राधिकरण गौसला वितरण केन्द्रले महोत्तरीको गौशालाबाट ८ वटा मिटर नियन्त्रणमा लिएको छ ।
मंगलबार वितरण केन्द्र गौशाला शाखाबाट खटिएको टोलीले विभिन्न स्थानमा हुकिङ गरिरहेको अवस्थामा सो मिटरहरू नियन्त्रणमा लिएको हो।
केन्द्रले अनियमितता सुधार तथा विद्युत चुहावट नियन्त्रण गर्नका लागि टोली खटाइएको शाखा प्रमुख जगन्नाथ ठाकुरले जानकारी दिए।
शाखा प्रमुख ठाकुरका अनुसार विभिन्न स्थानहरूमा डाइरेक्ट हुकिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएको मिटर सम्बन्धमा थप अनुसन्धानका लागि गौशाला वितरण केन्द्रको जिम्मा लगाइएको छ।