रुसी सेनाबाट सम्पर्कविहीन बनेका विमलको खोजी गर्न कांग्रेस सहमहामन्त्रीको चासो

रुसी सेनाबाट सम्पर्कविहीन बनेका विमलको खोजी गर्न कांग्रेस सहमहामन्त्रीको चासो
सुन्नुहोस्

ढल्केवर (धनुषा) : रुसी सेनामा पुगेर सम्पर्कविहीन भएका विमलकुमार गजमेरको खोजीका लागि नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चासो देखाएका छन्। धनुषाको मिथिला नगरपालिका-७ केमलीपुरका २९ वर्षीय गजमेरको घर पुगेर सहमहामन्त्री यादवले घटनाक्रमको विस्तृत जानकारी लिएका हुन्।

तीन महिनाअघि दुबईबाट रुस पुगेर सेनामा भर्ती भएका विमल दुई महिनादेखि सम्पर्कविहीन छन्। धनुषा क्षेत्र नं ४ प्रतिनिधिसभाका प्रत्यासीसमेत रहेका नेता यादवले विमलको उद्धारका लागि आफू हदैसम्म प्रयास गर्ने बताए। विमलको घरबाटै नेता यादवले परराष्ट्रमन्त्री एनपी साउदलाई टेलिफोन गर्दै घटनाक्रम सुनाएका थिए। 

परराष्ट्रमन्त्री साउदलाई नेता यादवले विमलको अवस्था एकिन गरी सकुशल उद्धारका लागि ‘इमिडेट एक्सन’ लिइदिन आग्रह गरे। उनले फोनमा मन्त्री साउदसँग भने ‘जतिछिटो हुन्छ विमललाई सकुशल घर फर्काउनुपर्‍यो हामीले। उहाँको घरको अवस्था एकदमै बिग्रिदै गएको छ।’

जवाफमा मन्त्री साउदले सकारात्मक प्रतिक्रिया दिएको नेपाली कांग्रेसका युवा नेता शिवचन्द्र यादवले बताए। ‘महेन्द्रजीले सबैको सामुनेमै कुरा गर्नुभएको छ। मन्त्रीजीले सकारात्मक रूपमा लिनुभयो। विमलको अवस्था बुझ्न तत्कालै रसियास्थित नेपाली दूतावासलाई खटाउने कुरा भएको छ,’ शिवचन्द्रले भने।

पूर्वमन्त्रीमेत रहेका नेता महेन्द्र यादवले रुसी सेनामा नेपालीको भर्ना अवैध रहेको बताए। रुसी सेनामा नेपालीको भर्ना विषयलाई लिएर सरकार गम्भीर रहेको उनले बताए। 'यो एकदमै अवैध हो। रुसी सेनामा नेपाली भर्ना भको कुरा पनि सरकारलाई पछिबाट थाहा भयो। अहिले त्यो भर्ना रद्द गराउन पनि सरकारले पहल थालेको छ,' नेता यादवले भने।

दुई वर्षअघि घरबाट दुबई पुगेका विमल गएको भदौ २० गतेमात्रै त्यहाँबाट रुस गएका थिए। गत असोज ११ गते विमलसँग परिवारमा अन्तिमपटक कुराकानी भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.