‘निराधार आरोप लगाएको भए गृहमन्त्रीलाई गलहत्याउने कामबाट चुक्दैनौं’

देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट देखाउन गृहमन्त्रीलाई कांग्रेसको चुनौती

देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट देखाउन गृहमन्त्रीलाई कांग्रेसको चुनौती
तस्बिर : संसद सचिवालय

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबी गरेको छ। प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सहमहामन्त्री एवम् सांसद बद्रीप्रसाद पाण्डेले लामिछाने सदनमा पार्टीले उठाएको प्रश्नको साटो बर्बराउन थालेको बताएका हुन्।

उनले लामिछाने पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि आरोप लगाएकाले छानबिन गर्न तयार रहेको बताए। कांग्रेसका उपसभापति र महामन्त्रीको नाम किटेरै टीओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने हो लेख्न र छानबिन गर्न आग्रह गरे। उनले भने, ‘छानबिनको समय पनि तोक्नुस् र छानबिनबाट दोषी भए कांग्रेसका को-कोलाई कारबाही गर्नुहुन्छ गर्न सक्नुहुन्छ।’

लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट भनेर सांसदलाई आरोप लगाएकाले छानबिन गरी दोषी भए कारबाही गर्न र लान्छना लगाएको भए गृहमन्त्रीलाई कारबाही गर्नुपर्ने उनले माग गरे।

पाण्डेले भने,‘गम्भीर आरोप लगाउनु भएको छ, राष्ट्रिय सूचनाहरु बेच्ने एजेण्टहरु यही सदनमा छन् भन्नुभएको छ माननीय गृहमन्त्री ज्यू,को हो त्यो   देखाउननुस् उसलाई सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौं। होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने त्यो कामबाट हामी चुक्ने छैनौं।’ पाण्डले उहाँले लगाएका आरोप सत्य हुन् प्रमाणित गरेर देखाउन र नभए संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरे। null

लामिछानेले संसदमा सम्बोधन गर्दा सहकारी ठगी गर्नेलाई मात्र नभई , कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसी बोका, बाख्रा पाल्नेमाथि पनि छानबिन गरेर संसद बाहिर पठाउनुपर्ने धारणा राखेका थिए। ‘दुई/तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट संसदबाट हटाऔं। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस्।’ उनले भनेका थिए,‘संसदलाई लड्ने र भिड्ने थलो नबनाऔं।’

पाण्डेले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने स्पष्ट पारेपछि कांग्रेसले वेल घेराउ गरेको छ।
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.