उदयपुर अदालतको फैसला

बलात्कारपछि बालिका हत्या गर्ने दुईजनालाई आजीवन जेल सजाय

बलात्कारपछि बालिका हत्या गर्ने दुईजनालाई आजीवन जेल सजाय
सुन्नुहोस्

काठमाडौं : उदयपुर जिल्ला अदालतले दुई जना प्रतिवादीलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला गरेको छ । त्रियुगा नगरपालिका -६ मोहनपुर कि १६ वर्षीया कृसला चौधरीको जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका -१ का २७ वर्षीय उचित लाल सदा र सोही ठाउँका २३ वर्षीय विषे भन्ने विषय सदालाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला सुनाइएको उदयपुर जिल्ला अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले जानकारी दिए । 

सूचना अधिकारी निरौलाका अनुसार उनीहरुलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला सँगै जनही तीन लाख पीडित परिवारलाई प्रतिवादीको सम्पतिबाट भराउने र तत्काल पीडित राहत कोषबाट दुई लाख पीडितको नजिकको हकदारलाई उपलब्ध गराउने फैसला भएको छ ।

२०७८ साल साउन १३ गते घरबाट बेपत्ता भएकी कृसलाको २०७८ साल  साउन १९ उदयपुर जिल्ला त्रियुगा नगरपालिका -१ स्थित राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा शव भेटिएको थियो । मृतक कृसला चौधरीको बुबा प्रेम कुमार चौधरीले दिएको किटानी जाहेरीका आधारमा २०७८ साला भदौ २१ गते उदयपुर जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । 

उदयपुर जिल्ला अदालतले यसअघि पनि छुट्टाछुट्टै प्रकृतिका दुई मुद्दाका प्रतिवादीलाई जीवित रहेसम्म (जन्म कैद) कैद हुने फैसला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.