धनुषामा प्रहरी हिरासतमा १ जनाको मृत्यु

अवस्था तनावग्रस्त, नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

धनुषामा प्रहरी हिरासतमा १ जनाको मृत्यु
सुन्नुहोस्

आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा झडप भएको छ।

जनकपुरधाम : धनुषामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले नियन्त्रणमा लिएका दीपा मण्डलको मृत्युपछि अवस्था तनावग्रस्त भएको हो। 

परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपालाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ।

सोही घटनापश्चात आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.